बाटो सम्याउने क्रममा भेटियो शव

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार ०६:५५

विराटनगर । धनकुटामा बाटो सम्याउने क्रममा एक जनाको शव फेला परेको छ । आइतबार धनकुटाको महालक्ष्मी नगरपालिका– ७ धरधरेमा जितपुर लेगुवा सडक खण्डको बाटोको छेउमा थुपारेर राखेको ग्राभेल सम्याउने क्रममा शव फेला परेको हो ।

बाटो सम्याउने क्रममा ग्राबेलले पुरेकाे अवस्थामा मजदुरले मानिसको एउटा खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै पुगेको प्रहरीले जिल्ला महालक्ष्मी –१ कटहरेका २५ वर्षीय दिपेश कटवालको शव निकालेको हो ।

उनी जेठ ३० गते घरबाट हिडका थिए । दुई दिनपछि सडकको ग्राबेलले पुरेको अवस्थामा शव फेला परेको हो । घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.