तेतरीयामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार ०९:३७
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको तेतरीयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका– ५ तेतरीयास्थित निर्माणाधीन सडक खण्डमा विराटचोकबाट विराटनगर तर्फ आउँदै गरेको को ३३ प ६८१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ग्रामथान गाउँपालिका– ४ का २० वर्षीय दिवेश सरदार, १९ वर्षीय राजु उरावँ र २२ वर्षीय सुरज सरदार घाइते भएका थिए । घाइते मध्ये पछाडि सवार सुरज सरदारको मृत्यु भएको हो ।

दुर्घटनापछि तीन जना घाइतेलाई उपचारको लागी बिराट नर्सिङ होम भर्ना गरिएको थियो । उपचारका क्रममा सुरज सरदारको मृत्यु भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.