
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा आज (सोमबार) सशस्त्र प्रहरीले करिब २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।
धनकुटाको भेडेटारबाट धरान आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा ल्याइँदै गरेको ७० बोरा गाँजा, ३१ बोरा अदुवा र तरकारी सहितको ट्रक सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको टोलीले नियन्त्रणमा लिएको हो ।
ट्रकका चालक फरार छन् ।

























