राप्रपा महामन्त्री राणा अदालतको सम्पर्कमा

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १२:४०

काठमाडौं । सम्पर्कविहीन बनेको भनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा आज (सोमबार) बिहान आफैं अदालत आएका हुन् । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने जनाइएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । दुवै हाजिरी जमानीमा छुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.