सम्पर्कविहीन बने डा. श्रेष्ठ, फेसबुकमा लेखे– ‘अलबिदा’

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १२:४८

काठमाडौं । डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन् । आफ्नो फेसबुक पेजमा ‘अलबिदा’ लेखेर उनी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।

उनी जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका थिए । आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको गुनासो पनि फेसबुकमै लेखेका थिए ।

जेठ मसान्तमा रामेछापबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।

करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका उनले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको उल्लेख गरेका छन् ।

मानसिक तनावले गर्दा उनले आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ, नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’

उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.