फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता डाक्टर भेटिए

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १४:११

काठमाडौं । सामाजिक सञ्जाल  फेसबुकमा ‘अलबिदा’लेखेर बेपत्ता भएका डाक्टर फेला परेका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍‍‍‍. केशव श्रेष्ठ सकुशल फेला पारेका हुन् ।

जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको थियो । खोजी गर्ने क्रममा बालाजुको एक होटलमा सकुशल फेला पारेको हो ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठ सोमबार बिहान फेसबुकमा सबै जनालाई अलबिदा, मलाई माफ गरिदिनु भन्दै स्टाटस लेखेर बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.