
काठमाडौं । इडिफाई इन्टरनेशनल स्कुल, कलंकीको कम्पाउण्डभित्र भ्यान दुर्घटना हुँदा १ जना छात्राको मृत्यु भएको छ । स्कुलको इभी माइक्रो भ्यान बाहिर निस्कने क्रममा आज (सोमबार) गेटको पिलरमा ठोक्किँएर दुर्घटना भएको थियो ।
दुर्घटनामा शिक्षक र विद्यार्थीहरु घाइते भएका थिए । तीमध्ये काठमाडौँको कुलेश्वरकी ९ वर्षीया सोनाक्षी यादवको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका अन्य ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगरको नेशनल अस्पतालमा उपचार भइरहेको छ ।
स्कुलका प्रधानाध्यापक ४६ वर्षीय सुरज पोख्रेल र गाडीका चालक ६० वर्षीय हर्कबहादुर कार्कीको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

























