एक महिना लामो उपचारपछि घर फर्किए किरण

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार ०८:५४

काठमाडौं । एक महिना लामो उपचारपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा गम्भीर संक्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी स्वास्थ्यमा सुधार भएपछि घर फर्किएका हुन् ।

करिब एक महिनाअघि छातीमा समस्या देखिएपछि महासचिव वैद्यलाई अस्पताल लगिएको थियो । विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा उनको उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख भएपछि डिस्चार्ज गरिएको हो ।

उनकी छोरी चेतना शर्माले बुवाको स्वास्थ्यमा राम्रो सुधार आएको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.