
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालत पुगेका छन् । उनी जिल्ला अदालत काठमाडौंमा मंगलबार बिहान उपस्थित भएका हुन् ।
काठमाडौंको तीनकुने घटनाका आरोपी मिश्र यसअघि सम्पर्कविहीन थिए । आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएका उनको न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुने बताइएको छ।
यसअघि हाजिरी जमानीमा रिहा भएका मिश्र तोकिएको समयमा अदालत उपस्थित नभएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो । राप्रपा महामन्त्री धवलशमशेर राणालाई उपस्थित भएकै दिन सोमबार धरौटीबापत ३ लाख रूपैयाँ लिएर छाड्न अदालतले आदेश दिएको थियो ।
























