नाराबाजीपछि आधा घण्टाका लागि संसद बैठक स्थगित, रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार १४:४८

काठमाडौं । रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)का सांसदको नाराबाजीपछि प्रतिनिधिसभा (संसद) बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।

रास्वपाले २०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृतिको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग रास्वपाको छ । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए ।

कांग्रेसले भने रास्वपाका सांसदहरूले जथाभावी पोसाक लगाएर संसद भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । संसद बैठकमा निलो रिबन लगाएर रास्वपा सांसदहरु प्रवेश गरेका थिए । रास्वपा सांसदहरूलाई चेतावनी र संसदबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक घिमिरेले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा मर्यादित पोसाक लगाएर आउनुपर्ने उनको भनाइ छ । नियमावलीमा गरिएको व्यवस्थाका बारेमा जानकारी दिँदै घिमिरेले रास्वपा सांसदले लगाएको पोसाक मर्यादित हो कि हैन ? भनेर प्रश्न गरेका छन् ।

‘भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने । भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने रु,’ घिमिरेले भने, ‘यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसदबाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले बोलेपछि सभामुख घिमिरेले आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.