
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपा नेता रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
मंगलबार अदालतमा उपस्थित भएका मिश्रलाई थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो ।
सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।
























