प्रतिनिधिसभा बैठक स्थगित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार २०:४६

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

‘भिजिट भिसा’ प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर संसद अवरोध गरिरहेको छ । सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो । त्यसपछि पटक–पटक सूचना टाँसेर समय परिवर्तन गरिए पनि बस्न नसकेपछि बैठक बिहीबारसम्मलाई स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.