भोटेकोशी र सुनकोशीमा बाढीको सम्भावना

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १५:२१

काठमाडौं । भोटेकोशी र सुनकोशीमा बाढीको सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले दुवै नदीमा बाढीको जोखिम बढेको हो । बाढीको जोखिम रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको सम्भावना रहेको हो । उनले सूचना नै जारी गरेर सतर्कता अपनाउन आग्रह गरेका छन् ।

चीनको प्रहरी कार्यालयबाट तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएको छ । भोटेकोशी नदी सुनकोशीमा मिसिन्छ । सुनकोशी सप्तकोशी नदीको ठूला ७ मध्ये एउटा सहायक नदी हो ।

सिन्धुपाल्चोक प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपासका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने उल्लेख गरेको छ । भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.