महानगरप्रहरी प्रमुखकै जिम्मेवारीमा फर्किन पाउने भए राजु पाण्डे (आदेशसहित)

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १८:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले महानगरप्रहरी प्रमुखकै जिम्मेवारीमा फर्किन पाउने भएका छन् ।

उच्च अदालत पाटनले पाण्डेलाई नगरप्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको छ । न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार उक्त आदेश दिएको हो ।

आदेशसँगै उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पाण्डेले महानगरप्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न पाउने भएका हुन् । पाण्डेलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।

पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते निलम्बन गरेका थिए । निलम्बनको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखेर निवेदकलाई उनको पदमा रहेर कामकाज गर्न दिनु दिलाउनु भनेर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

यस्तो छ आदेश

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.