ट्राभल एडभाइजरी जारी गर्दे सरकारले भन्यो,‘ इजरायल र इरान नजानू’

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार ०७:१०

काठमाडौं । इरान र इजरायलबीच युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशको यात्रा नगर्न आग्रह गरेको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले यस्तो आग्रा गरेको हो ।

‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनको लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थित कायम रहेसम्म त्यस्ता भ्रमण तथा यत्रा नगर्नू, त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नू,’ परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरीमा भनेको छ ।

इजरायल–इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यस स्थानमा रहेको नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.