
काठमाडौं । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन् सार्वजनिक सूचना निकालेको छ ।
काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जेठ २७ मा पक्राउ पुर्जी जारी भएको थियो । जाहेरवालाको नाम लुकाएर प्रहरीकाे साइबर व्यूराेले हाजिर हुन सूचना जारी गरेकाे हाे ।
आरोपीको नाम, ठेगानासहित अदालतबाट पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक गर्नु ‘गैरकानुनी’ भएको जानकारहरूले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयबिर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो ।


























