
काठमाडौं । सांसदले आज (बिहीबार) संसदमै बजेट पुस्तिका च्यातेका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनको बजेट पुस्तिका च्यातेपछि हंगामा भएको छ । सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप उनको छ ।
बजेट विभेदकारी रहेको आरोप उनले लगाए । उक्त आरोप लगाउँदै सदनभित्रै सांसद थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका हुन् ।
























