संसदमा पेस भयो नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १३:५८
फाइल तस्बिर : रामहरि खतिवडा

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ संसदमा पेस भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज (बिहीबार)को प्रतिनिधिसभा बैठक प्रतिवेदन पेस गरेका हुन् । आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिनेगरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक जेठ २८ गते समितिबाट पारित भएको थियो।

विधेयकमा आमा वा बाबुका नामबाट नागरिकता प्रदान गरिने व्यवस्था छ। प्रतिनिधिसभाबाट पारित भएपछि उक्त प्रतिवेदनलाई राष्ट्रियसभामा पठाइने छ।

राष्ट्रियसभाबाट पारित भएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने छन्। राष्ट्रपतिले प्रमाणकीकरण गरेसँगै विधेयकले कानुनी रूप धारण गरेर ऐन कार्यान्वयनमा जाने छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.