
विराटनगर । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् ।
यसअघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेका थिए ।
बुधबार उच्च अदालत पाटनले निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशपछि पाण्डे बिहीबारदेखि काममा फर्किएका हुन् । उनले आज सुन्धारामा रहेको महानगर प्रहरी बलको कार्यालयमा हाजिर गरेर आफ्नो ड्युटी सुरू गरे ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई पाण्डेले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै छानबिन समिति बनाएर निलम्बन गरेका थिए ।























