लेटाङकाे जाँतो पर्यटकको रोजाइमा

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १८:०३

मोरङ । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाइ बनेको छ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतोस्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

उक्त जाँतो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष नन्दकिशोर दाहालका अनुसार “गाउँघरमा कहिल्यै छुट्न नहुने जाँतो अहिले इतिहास बन्दै थियो । यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुवैलाई सघाउने उद्देश्य रहेको छ।”

जातोबाट नामाकरण भएको जाँते क्षेत्रमा रहेको यो जातो ग्रामीण संस्कृति र पहिचानको प्रतीक बनेको छ। अब यो स्थल केवल सांस्कृतिक धरोहरको नमुना हो, तर आन्तरिक पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विकास भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.