
विराटनगर । हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्युु भएको छ ।
झापाको मेचीनगर नगरपालिका -१ दुर्जन चोकमा बिहीबार बेलुका हात्तीकाे आक्रमणबाट ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठकाे मृत्युु भएको हाे ।
घरबाट करिब ८०० मिटर टाढाकाे बारीमा हात्ती आएपछि लखेट्न पुगेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेकाे थियाे ।
आक्रमणबाट गम्भीर घाइते उनकाे बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा राति करिब ८ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

























