झापामा ३ जना सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १३:५२

झापा । झापाको झापा गाउँपालिका–४ चौधरी टोलमा ३ जना सवार मोटरसाइकल शुक्रबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हुलाकी सडक खण्डअन्तर्गत पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको ‘अनटेस्ट’ अपाची मोटरसाइकल बिहान ११ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार झापा–३ का २२ वर्षीय साहिदुल हकको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापा–४ का २४ वर्षीय इनरुल भनिने फकिर अली र पछाडि सवार २१ वर्षीय सोहिल मियाँ घाइते भएका छन् ।

घाइतेमध्ये अलीको अवस्था गम्भीर छ । उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । मियाँको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.