दुर्घटनामा ३ जनाको मृत्यु

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार २०:३४

सिरहा । मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना हुँदा शुक्रबार दिउँसो ३ जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे रायको मृत्यु भएको जानकारी पासवानले दिए । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन् । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी पासवानले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.