रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार ११:५४

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो । उनी यसअघि कार्यवाहक महामन्त्री थिए । रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो ।

मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।

यस्तै, केन्द्रीय समिति बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । झा यसअघि कार्यवाहक प्रवक्ता थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.