झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार १२:०६

विराटनगर । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कमल गाउँपालिका–५ रतुवा पुलमा शुक्रबार राति ९ः३० बजेतिर दुर्घटना भएको हो ।

मे १ ख ३३१८ नम्बरको ट्रक र मे ९ प ८९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ३० वर्षीय सुशील राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकको निम्त अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लैजाने क्रममा दमक–६ गणतन्त्र चोक पुर्याएपछि मृत्यु भएको शंका लागेर आफन्तले फर्काएर पुनः निम्स अस्पताल ल्याइएका थिए ।

निम्त अस्पताल ल्याइपुर्याउनसाथ राईलाई चिकित्सकले मृत घोषित गरेका हुन् । ट्रक र चालक झापाको अर्जुनधारा नगरपालिका–७ का ५३ वर्षीय रघुनाथ सिटौलालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.