
सुनसरी । सुनसरीमा सर्पले टोकेर बालिकाको मृत्यु भएको छ । कोशी गाउँपालिका–८ का मोहमद कासिमकी छोरी १२ वर्षीया नविजन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै घरको आँगनमा खेल्ने क्रममा बालिकाको दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो । बालिकालाई कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन भइसकेको छैन ।
सर्पले टोकेर घाइते भएकी बालिकालाई उपचारका लागि इनरुवा अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइयो ।
उपचारकै क्रममा शनिबार दिउँसो ३ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























