
काठमाडौं । प्रतिनिधि सभा बैठकमा ७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।
आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार–पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । यस्तो भनाइ राख्ने क्रममा उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए ।
उनको यस्तो अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भनेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख घिमिरेले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भनेर संसदीय रकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।
























