रास्वपा र राप्रपाको अरोध कायमै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ८, आइतबार १३:०८

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) पनि अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले विरोध गरिरहेका छन् । विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकमाथिको छलफलका लागि बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका थिए ।

भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले यसको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै २ दलले निरन्तर सदनमा विरोध गर्दै आएका हुन् । बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिएका छन्।

उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन् । साना दलहरूलाई कमजोर नठान्न उनको चेतावनी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.