संसदबाट बाहिरिए रास्वपाका सांसद

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ८, आइतबार १४:०२

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु संसदबाट बाहिरिएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदले बोल्न थालेपछि रास्वपाका सांसदले संसद बहिष्कार गरेका हुन् ।

सांसदहरु प्रतिनिधिसभा हलबाट बाहिरिएका छन् । प्रतिपक्षी दलका सांसदहरू बोल्दा उनीहरुले वेलमा उभिएर सुनेका थिए । तर, सत्तापक्षका सांसद बोल्न थालेपछि उनीहरु बाहिरिए ।

भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने माग गर्दै रास्वपाले बारम्बार संसद अवरोध गर्दै आएको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको मागविपरीत सभामुख देवराज घिमिरेले संसदको कामकारबाही जारी राखेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुईतिहाइको दम्भ नसुन्न बहिष्कार गरिएको बताउँछन् । भिजिट भिसा प्रकरण छानबिनको माग रास्वपाले २६ दिनदेखि उठाइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.