
काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर १ जना कामदार घाइते भएका छन् ।
उनलाई उपचारका लागि खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । छतमा मर्मतको काम गर्दागर्दै ती मजदुर खसेको प्रहरीले जनाएको छ ।
फल्स सिलिङ भाँचिएर लडेका उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ । घाइतेको नाम खुल्न बाँकी छ ।
























