इलाममा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ८, आइतबार १९:४६
सांकेतिक तस्बीर

विराटनगर । इलाममा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मेची लोकमार्गको रोङ गाउँपालिका खण्डमा प्रदेश १–०१–००१ ख ४५४७ नम्बरकाे ट्रकको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक बझाङकाे बित्थडचीर गाउँपालिका १ का २६ वर्षीय मदनबहादुर बोहरा र मोटरसाइकलमा सवार जाजरकोटको छेडागाडा नगरपालिका– ८ की २३ वर्षीय सिर्जना गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक जिल्ला पाँचथरका ३३ वर्षीय नितेश बुढाथोकीलाई पक्राउ गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.