
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) साँझ बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । सरकार सञ्चालन र समसामयिक विषयमा छलफल तथा केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
























