
विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ मा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ ।
चट्याङले लागेर ६५ वर्षीया पम्फा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भण्डारी रामप्रसाद राई–१ चापाबोटेस्थित आफ्नै दाजुको घरमा बस्दै आएकी थिइन् ।
कोठामा सुतिरहेका बेला वर्षासँगै परेको चट्याङले उनलाई लागेको प्रहरीको भनाइ छ । भण्डारीको घटनास्थलमै मृत्यु भएको र घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

























