बजेट पारित गराउने सत्तापक्षको निर्णय

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १२:२८

काठमाडौं । सत्तापक्षीय राजानीतिक दलहरुले नेपाल सरकारबाट संघीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले मंगलबार जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय भएको नेताहरुले बताएका छन् ।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको बताए । एमालेले बजेट पारित गराउनका लागि आफ्ना सबै सांसदहरूलाई सदनमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.