झापामा बेपत्ता भएका बालकको शव खोलाको किनारमा भेटियो

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १३:५९

झापा । झापामा बेपत्ता भएका १ जना बालकको शव खोलाको किनारमा भेटिएको छ । कमल गाउँपालिका–१ का १२ वर्षीय सुशान शेर्पा मृत फेला परेका हुन् ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बालक २ दिनदेखि हराइरहेका थिए । आज (मंगलबार) बिहान करिब ७ः३० बजेतिर कृष्णे खोलाले बगाएर मृत्यु भएको अवस्थामा खोलाको किनारमा उनको शव फेला परेको खड्काले बताए ।

उनका अनसार बालक २ दिनअघि घरमा जानकारी नगराइकन आफूखुसी हिँडेर बेपत्ता भएका थिए । घर नआएपछि खोजी सुरु भएको थियो ।

खोजी गर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.