
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीको जागिर छाडेका छन् । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।
ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । घरायसी कारण देखाउँदै उनले बुझाएको राजीनामा केही दिनअघि स्वीकृत भइसकेको प्रवक्ता घिमिरेले बताए ।

























