६ महिनापछि बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार ०६:५०

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको ६ महिनाको निलम्बन बुधबारदेखि फुकुवा भएको छ । २०८१ पुस १० गतेको सचिवालय बैठकले दुवैजनालाई जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट गरिएको ६ महिने निलम्बन बुधबार बसेको सचिवालय बैठकले फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । सार्वजनिक रुपमा गरेको विरोधैका कारण उनीहरूलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको थियो । गत पुस १० गतेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । सोही बैठकले दुई नेतृलाई पनि निलम्बन गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.