
सर्लाही । सर्लाहीमा टिपरको ठक्करबाट साइकल यात्री किशोरको मृत्यु भएको छ ।
लालबन्दी–जब्दी सडकखण्डअन्तर्गतको लालबन्दी नगरपालिका– ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिरनजिक बुधबार राति टिप्परले साइकललाई ठक्कर दिएको थियो । जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना २ ख ५०१ नम्बरको टिप्परले ठक्कर दिँदा कबिलासी नगरपालिका–८ का १७ वर्षीय सचिनको साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत साहको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनी गरेका छन् ।
आगजनीबाट टिपरमा पूर्णरूपले क्षति पुगेको छ । दुर्घटनापछि मेजरगन्ज क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । टिपर चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।

























