माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार ११:४७

इटहरी । सुनसरीको इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–७ मा डेरा बस्दै आएका ३५ वर्षीय देवान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईको घर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ हो । प्रहरीका अनुसार इटहरी–७ मा बस्दै आएका उनले बुधबार राति कोठाबाट करिब ५० मिटर टाढा रहेको खेतमा विद्युत प्रवाह गरेर माछा मार्न खोजेका थिए ।

खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको विराट शिक्षण अस्पताल पुर्याउनसाथ मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.