उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १२:५४

काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको हो । यद्यपि, उपनिर्वाचनको मिति भने तोकिएको छैन ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेको भनाइ छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो । खासगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको बताइएको छ ।

रुपन्देही ३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि र मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि पद रिक्त भएको थियो । त्यस्तै, स्थानीय तहमा विभिन्न पालिकाका वडाध्यक्ष पद खाली छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.