
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिकटकमा अभिव्यक्ती दिएको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले बस्नेतलाई असार १ गते पक्राउ गरेको थियो ।
उनलाई टिकटकमा नेताहरूमाथि गालीगलौज गरेको र सामाजिक सञ्जालमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र भ्रामक सामग्री प्रकाशन गरेको आरोप लागेको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भएकी उनी भक्तपुरमा बसोबास गर्दै आएकी छन् ।

























