कस्तो रहला आजको मौसम ?

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार ०५:४८

विराटनगर । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा रातभर पानी परेको छ ।

बितेको ६ घण्टामा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, इलाम लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

राति काठमाण्डौको बागमती, विष्णुमती र धोबीखोला तथा लमजुङको खुदीखोलामा बाढी आए पनि अहिले कम भएको छ ।

आज दिउँसो र राति पनि सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.