४ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार ०७:३०

विराटनगर । । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठक बस्दै छ ।

बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.