तमोर किनारमा १० क्वीन्टल बढी गाँजा जलाइयो

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १२:१७

विराटनगर । धनकुटास्थित तमोर नदीको किनारमा प्रहरीले १० क्वीन्टल बढी गाँजा जलाएर नष्ट गरेको छ ।

विभिन्न समयमा बरामद गरेर राखिएको गाँजा प्रहरीले शनिबार अपरान्ह १२ बजेतिर जलाएको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार जिल्लाका विभिन्न प्रहरी युनिटले बरामद गरेको गाँजा एकै ठाउँमा जम्मा पारेर जलाइएको हो ।

उनले १ हजार ६८ किलो गाँजा नष्ट गरिएको जानकारी दिए । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीको किनारमा तयारी अवस्थाको लागुऔषध गाँजा जलाइएको खनालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.