
विराटनगर । नेपाल नागरिकता सम्बन्धि (दोस्रो संशोधन विधेयक, २०८२) प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो ।
विधेयक पारित भएसँगै अब एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ ।
शनिबार विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताएका थिए । संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिए ।
























