प्रधानमन्त्री स्पेन प्रस्थान, शुक्रबार फर्किने

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १९:३६

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त फाइनान्सिङ फर डेभलपमेण्ट चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि शनिबार स्पेन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल दोहा हुँदै स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यतालिका छ । प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

प्रधानमन्त्रीको २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी छन् ।

प्रधानमन्त्री ओली असार २० गते शुक्रबार स्वदेश फर्कने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.