
ताप्लेजुङ । ताप्लेजुङमा सडक कालोपत्रले तीव्रता पाएको छ । सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका हुन् ।
फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा अहिले काम भइरहेको छ । उक्त सडक गतिमा कालोपत्र भइरहेको सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलले बताइन् ।
२ करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

























