कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली सभा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार १९:४५

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, महानगरका विभिन्न महाशाखा, शाखा प्रमुखका साथै कर्मचारीलगायतको उपस्थितिमा महानगरको हलमा आयोजित सभामा दिवङ्गत कार्यपालिका सदस्य साहका विषयमा चर्चा गरिएको थियो ।

Advertisement

मेयर कोइरालाले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैँ रहिरहने बताए । उनले कार्यपालिका सदस्य साह अत्यन्त्यै सरल र जनताको कामप्रति सधैँ सक्रिय रहने गरेको भन्दै स्मरण गरे ।

परिवारमा पर्न गएको चोटप्रति मेयर कोइरालाले समवेदना व्यक्त गर्दै छोराको पठनपाठनमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादवले पनि साहको विषयमा चर्चा गरेका थिए । कार्यपालिका सदस्य साहको यही असार १३ गते शुक्रबार हृदयाघातका कारण निधन भएको थियो ।

साह राप्रपाका तर्फबाट २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर –१३ को सदस्यमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.