
काठमाडौं । विशेष अदालत काठमाडौंले पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई धरौटीबापत २५ लाख रूपैयाँ लिएर छाड्न आदेश दिएको छ ।
थुनछेक बहसपछि धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमले आदेश दिएको हो । नेपाली कांग्रेसका निलम्बित सांसद उनीविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
उनी आइतबार अदालत उपस्थित भएका थिए । बयान लिएर थुनछेक सकिएपछि अदालतले धरौटी मागेको हो । बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।

























