हैदरावादको रासायनिक कारखानामा विस्फो हुँदा १० जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १२:५०

एजे‍न्सी । हैदरावादको पटानचेरुवु क्षेत्रमा रहेको एउटा रासानिक कारखानामा विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको छ ।

घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटबाट कारखानाको केही भागमा पूर्णरूपले क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

विस्फोटपछि सिगाची केमिकल कारखानामा आगलागी भएको थियो । घटनामा परेर केही कामदार भग्नावेशमुनि फसेको आशंका गरिएको छ।

भग्नावेशमुनि फसेकाहरूको उद्दार भइरहेको प्रहरीले जनाएको छ। घटनामा परेर मृत्यु र घाइते हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.